अनाथ बालबालिका तथा असहायको मुहारमा खुशी ल्याउने प्रयत्न मा ‘खुशीका पलहरु’

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७७, बिहीबार

काठमाडौं । बालबालिका,असक्त तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने सन्देशयुक्त ‘खुशीका पलहरु’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । प्रकाश शर्मा पौडेलको शब्द, सुवास भुसालको संगीत र पुरुषोत्तम सुवेदीको स्वरमा रहेको गीतको भिडियोलाई फिल्म निर्देशक पुरन थापाले निर्देशन गरेका छन् ।

संचिता पौडेलले निर्माण गरेको भिडियोमा संचिता स्वयम्,मनिषा रायमाझी,छायाँ भुजेल,शिखा सुवेदीलगायतको अभिनय छ ।

निशुल्क रुपमा बालबालिकाको जन्मदिन मनाउदै आइरहेको पिपल हाउस नामक संस्थाको युट्युव च्यानलबाट सार्वजनीक गरिएको भिडियोमा अनाथ बालबालिका तथा असहायको मुहारमा खुशी ल्याउने प्रयत्न गरिएको छ । बिमल ढकालको छायांकन तथा ललीतसिंह साउदको सम्पादन रहेको भिडियोले बालबालिका, बृद्ध तथा असक्तलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रबाह गरेको निर्देशक पुरन बताउछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु