• ख्यातीप्राप्त कलाकारको साथमा प्रणय दिवसको अवसरमा ‘कन्सर्ट’ हुने

    म्यूजिक खबर
    प्रकाशित: २१ माघ २०७६, मंगलवार

    काठमाडौं । प्रणय दिवसको अवसर पारी फागुन २ अर्थात १४ फेब्रुअरीका दिन काठमाडौंको लाजिम्पाटमा विविध सांगीतिक कार्यक्रम हुने भएको छ।
    राज सिने आर्टको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहने छ।


    उक्त कार्यक्रममा सञ्जय श्रेष्ठ तथा क्रस रोडस् ब्याण्ड, जेम्स प्रधान, बबिन प्रधान, कविन्द्र श्रेष्ठ, सचिन रौनियार, हरिश माथेमा, भिम तुलाधरको प्रस्तुति रहने छ भने देव राना तथा प्रिज्म ब्याण्डको विशेष प्रस्तुती रहनेछ । साझँ ५ बजेबाट हुने कार्यक्रम लाजिम्पाटको “नेपाली चुलो” मा संचालन हुने जानकारी छ। साथै विभिन्न पहिरन जनाउने खालको “फेशन शो” पनि कार्यक्रममा समावेश गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु