ध्रुवप्रसाद अम्गाईंको ‘न भुल्ने सक्ने’ सार्वजनिक सँगै स्वर, संगीत, शब्दको तारिफ !

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत को भिडियो सार्वजनिक गरिएको छ । ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ । सनम कठायत र अफ्सना थापाको अभिनय छ भने क्यामरामा मुकेश हुमगाई ईडिटीङ मा टेकेन्द्र शाहा छ्न भने निर्देशन उनै ध्रुब प्रसाद अंम्गाईले गरेका छ्न बिन्ध्यबासिनी म्युजीक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।

गोरखा फुजेलमा जन्मिएर विगत १८बर्ष देखि प्रवासमा रहेका गीतकार अम्गाईले सारा दुनियाँको मन छुने हृदयस्पर्शी गीत ‘न भुल्ने सक्ने’ लेखेका हुन् । उनको शब्दमा सनुपले सुमधुर स्वर दिएका हुन् भने हरि लम्सालको संगीतका कारण उक्त गीतले सबैको मन छुने खालको रहेको छ ।

प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ । अहिले पछिल्लो समयमा यथार्त र समसामयिक बिषयमा डुबेर कलम चलाउने शब्द बाणको माध्यम बाट सामाजिक क्षेत्रका एक उदयमान आसा लाग्दो गीतकारमा उनि अंम्गाई स्थापित भैसकेका छ्न उनि एक खरो शैलिका ईमन्दार सामाजीक ब्यक्तित्व र मेहनेती सादा जिबन उच्च बिचारका ब्यक्ती हुन । उनका धेरै गीतहरुले अहिले चर्चा परी चर्चा बटुलीसकेका छ्न ‘मखमली चोली’ ‘मनखोलेर गाउ है गीत’ ‘फुल दिउत’ ‘कैले माया यता लाएउ कैले उता’ ‘नजुरेको लगन हाम्रो’ ‘पछी पछी बैशालु माया’ जस्ता यथार्त परक गीतले धेरै को मन छोई सकेको छ्न भने अर्को एउटा लभ सङ ‘भन भन प्यारे’ आउने क्रममा छ । उनको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहको छ भने गीतमा स्वर रबि ओढ र दुर्गा खरेल स्वर रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की र आयुस्मान जोशी अभिनय रहेको छ भने निर्देशन शिब बि क ले गरेका छ्न् ।

 

भ्वाइस अफ नेपालका जज सनुप पौडेलको मनछुने ‘न भुल्ने सक्ने’ गीत सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु