गीतमा जनताको आवाज

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय गीत मार्फत भ्रष्टाचार बिरुद्ध आवाज उठाएका छन् गायक नबिन पौडेलले । उनले ‘लेउ खुकुरी लेउ’ बोलको सांगीतिक सिर्जनमा बिरोधको आवाज उठाएका हुन् ।

सार्वजनिक गीतमा पौडेलको आफ्नै लय, शब्द अनि स्वर रहेको छ । केशव बडुको एरेन्ज रहेको छ । गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

गीतको म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । गीतका हरेक शब्दले नेपाली जनजीब्रोको बोली जस्ताको तस्तै बोलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु