संगीतकार नबिन श्रेष्ठको संगीतमा‘हर रात ‘ भिडियो सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७६, बिहीबार

काठमान्डाँै ।
नेपाली सुगम संगीतको कलाकारितामा निकै सम्भावना भएका मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा आवाज रहेको छ ।

गीतको भिडियोमा प्रेमी प्रेमिका विचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई खुलाएर प्रस्तुत गरिएको छ । दुवै जना कलाकार निकै खुलेको देखिन्छ । बेबिंन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत निमार्ण गरिएको छ । लामो समयको संधर्षबाट नै आफुले फरक तरिकावाट गीतमा संगीत भरेको संगीतकार नविनले बताए ।

हर रातको भिडियोमा प्रेम लामाको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा बेविन अमात्यको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा जिवनका विभिन्न आयामहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

‘हर रात ‘ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु