ताप्लेजुङमा गायक नवीन पौडेललाई दर्शकको ‘वान्स मोर’

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

ताप्लेजुङ । नेपाल भ्रमण बर्षको (भिजिट नेपाल 2020) अवसरमा ‘पाथिभरा देबीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण’ भन्ने मुल नाराका साथ ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव 2020 मा गायक नवीन पौडेलले प्रस्तुती दिइरहँदा पूर्बेलीको मन मात्रै नाचेन ज्यान मात्र नाचेन लगातार वान्स मोरको आवाज आइरह्यो। पश्चिम पाल्पामा जन्मेका गायक पौडेलले जुन गीत गाउँछन त्यो गीतमा पुर्ब ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायत जिल्लाबाट महोत्सव अवलोकन गर्न आएका दर्शकले निक्कै साथ दिए ।

बोलाउँ बोलाउँ लाग्यो बोलाइहालेँ मैपनी नरिसाउनु कोहिपनी बोलको गीतबाट प्रस्तुती शुरु गरेका गायक पौडेलले आजै भेट भाको ताप्लेजुङ आको म परेँ पाल्पाको, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, तिम्लाइ हेर्दा हेर्दै जुङ्गा पलायो, फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो, मैले तिम्लाइ हेरेको मन परेरै हो, घर मेरो सुदुरपश्चिम लगायत का करिब एक दर्जन गीत गायर सम्पुर्ण पुर्बेलिको मन जितेका थिए।

यथार्थपरक समयसापेक्ष महिलामुक्ती, रास्ट्रभावले ओतप्रोत एबम जनताका चेतनाका गीत गाउने पौडेल ले बिश्वका करिब तीन दर्जन देस र नेपालका लगभग सबै जिल्लाका मुख्य मुख्य सहर तथा गाउमा पुगेर प्रस्तुती दिइसकेका छन। आकर्षक प्रस्तुतिले सबैलाइ झुमाउन सक्ने खुबी भएका गायक पौडेलले पुर्बेली दर्सक श्रोताहरुको मन पनि मज्जाले जिते। कार्यक्रम मा के केटाकेटी के युबा युवती के बृद्द बृद्दा सबैले हुटिङ र ताली बजाएर साथ दिएका थिए। कार्यक्रम को अन्त्यतिर गायिका एबम डान्सर कुशुम परियार र नवीन पौडेल को दोहोरिले सबैलाइ मत्रमुग्ध बनाएको थियो।
पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मुल समारोह समितिको आयोजनामा चलिरहेको महोत्सव यहि फाल्गुनको तेह्र गते सम्म सन्चालन हुने छ। सो कार्यक्रम मा राजेश पायल राई, मेलिना राई लगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिदैछन। गायक पौडेल प्रस्तोता समाज नेपालका पुर्ब सदस्य, रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य एबम अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु