‘बोल्नु पर्छ ओई’ को चर्चा

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

काठमाडौँ । लोकदोहोरी गायक नविन पौडेल र गायिका पूर्णकला बिसिको आवाजमा ‘बोल्नु पर्छ ओई’ नामक तिज गीत बजारमा आएको छ । दिग्गज धौरालिको शब्द रहेको गीतमा बिष्णु प्रसाद घिमिरेले संगीत भरेका छन् भने कृष्ण बिकको एरेन्ज छ ।

बिष्णु प्रसादकै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनी गरिएको हो । सोही भिडियोमा निर्देशक शंकर बिसिको निर्देशन रहनुका साथै दुर्गा पौडेलले छायांकन गरेका छन् । नबिन घर्ती मगरद्वारा सम्पादन गरिएको भिडियोमा मोडेल रिना थापा मगर र निर्देशक बिसिकै अभिनय छ ।

हरेक बर्ष मौलिकतालाई अंगाल्दै विभिन्न खालका तिजका तथा लोकदोहोरीका गीत बजारमा ल्याई राख्ने गायक पौडेलले यस बर्ष पनि नजिकिदै गरेको तिजको छेको पारेर मौलिक परिवेशमा यस गीत बजारमा ल्याएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु