नक्षत्रसँग एकपल कार्यक्रमा आठ विधामा विश्व कीर्तिमान पेम्वादोर्जे (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७६, सोमबार

काठमाडौँ । २६ साउन । डिफेन्स करिअयर एकेडेमी (मऋब्ल्)ले नियमित रुपमा चलाउँदै आएको कार्यक्रम ‘नक्षत्रसँग एकपल’ कार्यक्रमकोृ छैठौँ श्रृंखलामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्न सफल व्यक्तित्व पेम्वा दोर्जे शेर्पा प्रस्तुत भएका छन् । सगरमाथा आरोहणसम्बन्धी विभिन्न आठ विधामा विश्व कीर्तिमान राख्न सफल पेम्बाबाट विद्यार्थी भाइबहिनीहरूलाई सगरमाथा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रममा प्रस्तुत गरिएको डिक्यानका संस्थापक डा. राजेन्द्र केसी बताउँछन् । सामान्य परिवारमा जन्मेका पेम्वा चार वटी दिदिबहिनी र ८ वटा दाजुभाइमध्ये एकका हुन् । सानैदेखि दुःख र अभावमा हुर्किएका पेम्वा जीवन जिउने क्रमसँगै कामप्रति इमान्दारी र वफादारी बन्दै गएको धारणा राख्नछन् ।

पेम्वाले आफू काठमाडौँमा आएर भरियाबाट संघर्षदायी दिनका सुभारम्भ गरेको दिन सम्झँदै भन्छन् ‘मैले काठमाडौँ आएर भारी बोक्दै गल्तीगल्ती पसिना बगाउँनुप¥यो ।’ विदेशीहरूको भारी बोक्दै उनीहरूसँग रहँदाबस्दा अहिले पेम्बाले ७ वटा भाषा आफूले बोल्न सक्ने बताए । हाल पेम्वाले निजी ट्राभल्स कम्पनीका सञ्चालन गरिरहेका छन् ।
तीनघण्टासम्मको अवधिमा पेम्वाले आफ्नो जीवनको चतारचढावका विविध आयामहरूलाई प्रस्तुत गरिरहँदा विद्यार्थी भाइबहिनीहरू बढो उत्सुकताका साथ सुनिरहेका थिए । दुर्गम भेगदेखि काठमाडौँसम्म आउनलाई गरेको संघर्ष र समागरमाथा आरोहण गर्दाका विभिन्न दुःखसुखका क्षणहरूलाई प्रस्तुत गर्दै जीवन एउटा संघर्षपूर्ण संगालोपुस्तक हो भन्दा विद्यार्थीहरूले गड्गडाहट तालिले पेम्वालाई साथ दिइरहे । प्रस्तुती शेसनको समाप्तीपश्चात् विद्यार्थीहरूका मनमा उब्जिएका विविध प्रश्नहरूको जवाफ दिनतर्फ पेम्वाले केही समय
विदाइको हात हल्लाउन खोज्दै गर्दा पेम्वालाई आयोजक संस्था डिक्यानका संस्थापक डा. राजेन्द्र केसीले मायाको चिनो हातमा थम्याउँदै गर्दा पेम्वाले पनि आयोजक र सहभागितालाई धन्यवाद दिँदै विदाइको हात हल्लाएका थिए । सो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो । (भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु