• सञ्चारमन्त्री थापाद्धारा काउन्सिलको अवलोकन

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
    Nanikala thapa

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेकी छन् । भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्घय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
    सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलयबारे जानकारी दिए ।
    सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराएका थिए । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा÷शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु