सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको बिच माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गलकार बू“द राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन् । बपिन किरणद्वारा सञ्चालित उक्त बिमोचन कार्यक्रममा गजलगकारहरु डा, घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी लगायतले नेपाली गजलको सांगीतिक विकासक्रम र गुरागाईंको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । उक्त एल्बमलाई किरण क्रियसन बजार ब्यबस्थापन गरेको छ । उक्त अवसरमा गायक सत्यराज आचार्यको स्वरमा तयार पारिएको गजल ‘नलाएको माया’ को म्युजिक भिडियो प्रिमियर गरियो । गीतको भिडियोमा गायक सत्यराज आचार्य, लक्ष्मी वर्देवा र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु