• साहित्यकार नमराज घिमिरेको शब्दमा ‘नजाउ टाढा’

    म्यूजिक खबर
    प्रकाशित: १० जेष्ठ २०७७, शनिबार
    Mandavi Tripathi

    काठमाडौं । मुलुकमा लकडाउन छ तर पनि सांगीतिक मनहरुलाई कहिल्यै लकडाउन हुन सकेको छैन । साहित्यिक मनलाई लकडाउनले झन् उर्जा थपेको छ । लकडाउनको वास्ता नगरीकन साहित्यकार नमराज घिमिरेले आफ्नो शब्दमा नयाँ गीत सार्वजननिक गरेका छन् ।
    मायाप्रेमभित्रको वेदनालाई गीतकार नमराज घिमिरे‘शिकारी’ले राम्रोसँग उनेका छन् । गीतको संगीत र संगीत संयोजन भने विपिन आचार्यले गरेका छन् । गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ‘नजाउ टाढा’ लाई लकडाउनको यो समयसीमामा सार्वजनिक गरिएको हो ।
    यस गीतको म्यूजिक भिडियोमा मुस्कान घिमिरे र भुवन श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन दिपक जोशीको रहेको छ । भिडियोलाई माण्डवी त्रिपाठीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु