काठमाडौं महानगरमा यसरी ‘नमस्कार’ गरियो (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७७, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो महानगरको चिनारी स्वरुप म्यूजिक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोलाई काठमाडौं महानगरका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको छ । अझ रोचक कुरा त महानगरको भिडियो गर्ने क्रममा सिंहदरबार अगाडिको बाटो नै मध्य दिउँसोमा बन्द गरेर म्यूजिक भिडियोको छायाँकन गरिएको थियो ।

महानगरबासीलाई नमस्कार गर्दै यहाँको विकासको कुराहरुलाई गीतमार्फत् उजागर गरिएको छ । गीतलाई राजेश्वर ज्ञवालीले लेखेका हुन् भने खेम सेन्चुरीले संगीत भरेका छन् । यस गीतमा गायिका मन्जु पौडेल र खेम सेन्चुरीले स्वरबद्ध गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार विनोद केसी र रेश्मा केसीको अभिनय रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोको सहकोरियोग्राफीको जिम्मा भने सुजिता श्रेष्ठ, पुष्पा बर्मा र अमर सुनार लिएका छन् । नवराज उप्रेतीको छायाँकन रहेको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोको प्रोडक्सन संयोजक भने कलाकार विनोद केसी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु