अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी नन्दालाई ओलीले दिए बधाई

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०८०, आईतवार
nanda_bashyal

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी कलाकार तथा खेलाडी नन्दा बस्याललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमै बोलाएर बधाई दिएका छन् । अध्यक्ष ओलीलाई भेट्न नन्दा मंगलबार विहान ओली निवास बालकोट पुगेकी थिइन् ।
भेटको अवसरमा ओलीले नन्दालाई स्वर्ण पदक जिती नेपाल र नेपालीको शिरलाई उचो राख्न सफल भएकोमा बधाई दिए । उनले प्रतियोगितामा जितेको मेडललाई पुनः लगाइदिएका थिए ।
नन्दाले आफूलाई ओली निवासमा बोलाएर भेट गरेकोे फेसबुकमार्फत जानकारी दिएकी हुन् ओलीले आफूलाई बधाई र शुभकामना दिएको उनले बताएकी छन् । भेट्ने मौका पाएकोमा उनले ओलीप्रति आभार प्रकट गरेकी छन् ।
उनले भनेकी छन् – ‘हार्दिक आभार ओली ‘बा’ । भेटमा उहाँले धेरै ज्ञान दिनु भयो साथै उहाँको अभिभावकत्वले मलाई झनै हौसला मिलेको छ ।
फेसबुकमा उनले लेखेको पोष्ट जस्ताको तस्तै–
हार्दिक आभार केपी ‘बा’
कोरियाको तीन हप्ता लामो मेरो बसाई सकाएर नेपाल फर्किदै गर्दा मैले धेरै कुराको अनुभव गर्न पाएकी छु । कोरियामा सम्पन्न भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा मैले नेपालको तर्फबाट स्वर्ण पदक जित्दा हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री हाम्रो अभिभावक आदारणीय केपी ‘बा’ले मलाई निवासमै बोलाइ बधाई दिनु भयो । अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चिनाएकोमा मलाई मैले जितेको मेडल मलाई नै लगाइ सम्मान गर्नु हुदै आदारणीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ‘बा’ ले धेरै कुराको ज्ञान दिनुका साथै मेरो राजनिति र खेल जीवनको संगाठानिक यात्रामा गरेको अभिभावकत्वले मलाई झन हौसला मिलेको छ । म मेरो तर्फबाट पुन हार्दिक आभार प्रकट गर्दछु केपी ‘बा’
नन्दा बस्याल
कार्यकारी बोर्ड सदस्य राष्ट्रिय खेलकुद परिषद्
केन्द्रीय उपाध्यक्ष नेपाल खेलकुद महासंघ

उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३मा स्वर्ण पदक जितेकी थिइन् । फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
यसअघि पनि नन्दालाई कलाकारीता र खेलसँग सम्बन्धित थुप्रै संघसंस्थाले भेटेर बधाई दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु