नारायण र निरुको च्याटिङ च्याट

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

काठमाडौं, २३ साउन । पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त हुँदै आएका मोडल एवं कोरियोग्राफर नारायण ढकाल र निरु खड्काबीच यतिखेर च्याटिङ च्याटले व्यस्त बनाएको छ । यिनलाई च्याटमा व्यसत गराउनमा भने राजन आचार्यले ठूलो सहयोग पु¥याएका छन् । प्रायजसो मानिसहरु प्रविधिको सदुपयोग गर्दै मोबाइल र कम्प्युटरबाट च्याटिङ गरिरहे पनि नारायण र निरु भने गोदाबरीतिर गएर च्याटिङ गर्न व्यस्त भएका हुन् ।

राजन आचार्यको तेस्रो एल्बम् राजनको ‘च्याटिङ च्याट’को ‘फेसबुकमा च्याटिङ च्याट’ बोलको गीतमा मोडल नारायण र निरु खड्काले च्याट गरेका हुन् । यस गीस्तमा राजन आचार्यको स्वर रहेको छ भने गोबिन्द घिमिरेको शब्द रहेको छ । यस गीतको संगीत तथा एरेन्ज भने राजेन्द्र श्रेष्ठको रहेको छ । यस गीतलाई पशुपति बुद्ध म्युजिक सेन्टर प्रा.लि.ले बजारमा ल्याउन लागेको हो । उक्त यस गीतको म्यूजिक भिडियोलाई मधुसुदन रेउलेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी नारायण ढकालको नै रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु