• प्रस्तोता समाजका सिइयोले किन दिए राजिनामा ? रोयल्टी उठाउने ३ वटै सीएमओ किन भए सिइयो विहीन

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७७, शनिबार

    काठमाडौं । गायक, गायिका, वाद्यवादक, अभिनय, नृत्य क्षेत्रका सम्पूर्ण प्रस्तोताहरुको छाता संगठनका रुपमा गठित प्रस्तोता समाज पनि सिइयोविहीन भएको छ । यसभन्दाअघि संगीत रोयल्टी संकलन समाज र संगीत उत्पादक समाज नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO)ले पनि राजिनामा दिइसकेको अवस्था छ । अब प्रस्तोता समाजका सिइयो नारायण कडरियाले पनि राजिनामा दिएका छन् । प्रस्तोता समाज नेपाल का प्रमुख कार्यकारी अधिकृर्त CEO नारायण कडरियाले पदबाट राजिनामा दिएपछि उनलाई विदाई गरिएको छ । उनले गत चैत महिनामै राजिनामा पेश गरेका थिए । कडरियाको बैशाख १ गतेबाट लागू हुनेगरी राजिनामा स्वीकृत भएको थियो भने असार ३१ गते औपचारिक रुपमा उनलाई विदाई गरिएको हो । संस्थाका पूर्व अध्यक्षहरु हेमन्त शर्मा र तुलसी पराजुलीका साथै वर्तमान अध्यक्ष शिव हमाल लगायत कार्यसमितिका केही पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितिमा कदरपत्र सहित कडरियालाई विदाई गरिएको थियो ।

    बि. स. २०७२ सालमा खुला प्रतिस्पर्धाबाट उनी सिइयोमा छनोट भएका थिए । विदाई समारोहमा बोल्दै संस्थाका अध्यक्ष शिव हमालले कडरिया आफ्नो संस्थाको लागि संसारकै सबैभन्दा योग्य व्यक्ति भएको धारणा राखेका थिए । यसैगरी पूर्व अध्यक्ष तुलसी पराजुलीले संस्थामा रहँदा कडरियाले आर्जन गरेको ज्ञान खेर जान दिन नहुने धारणा राख्दै यो विदाई एउटा प्रक्रिया मात्र भएको तर साथ र सहकार्य निरन्तर रहने विचार राखेका थिए । अर्का पूर्ब अध्यक्ष हेमन्त शर्माले कडरियाको प्रशंसा गर्दै आफूले चाहे जस्तो योग्यता भएका सिइयोको रुपमा पाएको बताए । कडरियाले आफू कर्मचारीका रुपमा नभए पनि संस्थासँगको सम्बन्ध कहिल्यै नटुट्ने र आवश्यक परेको बेला सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दै व्यक्त गरेका छन् । कडरिया अब गृहजिल्ला झापामा गएर कृषि खेतीमा लाग्ने बताएका छन् । आफूले जानेको श्रम र सिप खर्च गरेर आफ्नै भूमिमा कृषिलाई महत्व दिने सोचमा प्रस्तोता समाज छाडेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु