नारायण रायमाझी र शर्मिला गुरुङको ‘राम्दी पुल’को प्रत्यक्ष गायन

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७७, आईतवार

काठमाडौं । पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन् । उनी राम्रो संगीतकार हुन् । राम्रो गायक हुन् । राम्रो फिल्म मेकर हुन् । शब्द रचनामा पनि उत्तिकै प्रखर छन् । त्यो भन्दा पनि नेपाली लोक संस्कृतिको संरक्षक र कलाकारका आदरणीय अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्नुहुन्छ ।

विश्वव्यापी कोभिड १९ ले परदेशी २ फिल्मको शुटिंग रोकिए सँगै पुराना आफ्ना शृजनाहरुलाई लाईभ रेकर्डिङ मार्फत स्रष्टामाझ पस्किरहेका रायमाझीले यतिबेला निकै लोकप्रिय धेरै नेपालीको मन जित्न सफल ुराम्दी पुलु बोलको गीत पुनः रेकर्डिंग गरेर सार्वजनिक गर्नुभएको छ ।

रायमाझीका गीत प्राय कालजयी छन् । उनका हरेक गीतले नेपालको लोक परिवेश बोलेको हुन्छ । माटो र भोगाईका गित हुन्छन । आज साठ्ठी लाख बढी नेपाली आफ्नो रोजीरोटीको लागि परदेशमा मजदुरी गर्न विवश छन् । गीतले तिनै नेपालीको पीडा बोलेको छ । ‘राम्दी पुल तरने बित्तिकै बाँचे भेट मरे त यत्तिकै’ यो गीतका हरेक शब्द मुटुमा बिझाउने खालका छन् ।

राम्दी पुलु स्रोताको मनमा राज गरिसकेको गीत हो । कल्याण शेरचनले लय दिएको गीतमा पुरानी चर्चित गायिका शर्मिला गुरुङ र नारायण रायमाझीले स्वर दिनुभएको छ । गीतको रचना कल्याण शेरचन र स्वयं रायमाझीले गर्नुभएको हो ।

गीतको मिक्सिङ श्यामस्वेत रसाईलीले गर्नु भएको भने कलाकारहरु उदिराम खड्का रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्काको भूमिका रहेको गीतको छायांकन मिराज अर्यालले गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु