नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७६, आईतवार

आर पोखरेल , काठमान्डौँ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका देवी धर्तिको आवाजमा हजारौ नारीको बास्तविक भोगाईमा आधरित गीत “हे मेरी आमा” गीतको भिडियो बजारमा आएको छ ।

तिज जस्तो पर्वमा पनी माइतिको आगँनमा आउन नपाउदाको चेलीको बेदनालाई गीतमा समेटिएको छ । जिवनमा दुख हुदाँ पनी हजारौ पिडा सहेर पराईको घरमा बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ । रोगी सासु ससुराको स्याहार सुसारमा बस्नु पर्ने अवस्थामा रहेकी बुहारीको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।

रमेश विजिको शब्द तथा नारायण रायमाझी र विरही कान्छाको लय सिर्जना गीतमा रहेको छ । विवि अनुरागीको एरेन्ज गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोलाई मिराज अर्यालको छायाँकन तथा सम्पादन र नारायण रायमाझीको निर्देशन भिडियोमा रहेको छ । हे मेरी आमा गीतको भिडियोमा अनुष्का अधीकारी ,हिमाला गौतम , रमेश के.सी. मट्टारे ,अप्सरा अधिकारी , देबेन्द्र बब्लु,हरि अधिकारी , बिन्दु खड्का , सुमित्रा तामाड्ड एलीना ठकुरी ,सरु राई ,सोनीका गज्मेर , बिपना के.सी. सन्देश रायमाझीको अभिनय रहेको छ ।

“हे मेरी आमा “गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु