आशिष र मीनालाई नारायणगोपाल युवा पुरस्कार, विजय र सवितालाई अरनिको युवा कला पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७६, शुक्रबार
Narayan Gopal - Araniko Prize

काठमाडौं । यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार संगीतकार आशिष अविरल र गायिका मीना निरौलालाई प्रदान गरिएको छ । यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार कलाकार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ ।

राष्ट्रिय युवा परिषद्ले पुष ४ गते एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई यो दुई पुरस्कार प्रदान गरेको हो ।
नेपाली सङ्गीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले तिमीले दिने माया, तिमी बिनाको जीवनदेखि परान, जिन्दगी नै भन्दिनँ जस्ता गीतमा संगीत भरेका छन् भने गायिका निरौलाले काले दाइ, ‘ठमेल बजार, देउरालीको फूल लगायतका गीतहरु गागएकी छन् ।

यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।
यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ ।

चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रुपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही रु २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो । उनीहरुको कला कौशलले अरनिकोको बाटो पछ्याउँदै मुलुकलाई पु¥याएको योगदानको कदर गर्दै यो पुरस्कार दिइएको हो । कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए । युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरुको प्रतिभाको कदर गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु