एउटा उत्कृष्ट सिर्जना ‘यो कस्तो खेल’

म्यूजिक खबर
प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

काठमाडौं । कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वरमा ‘यो कस्तो खेल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाली सांगीतिक क्षेत्रमा केहि वर्ष यता क्रियासिल गीतकार तथा संगीतकार अनिल खनालको संगीत रहेको छ । बिशेषतः लोक तथा लोकदोहोरी गीतमा बढी छाएका अनिलको आधुनिक गीतमा पनि जम्ने संकेत देखाएका छन् ।
गीत सार्वजनिक भएसँगै गीतको सम्पूर्ण पक्षले सकारात्मक प्रतिक्रिया पाएको छ । अनिलको संगीतलाई पनि दर्शक श्रोताले रुचाएका छन् ।

गीतमा गणेश बाबु अधिकारी ‘बाबु’ र हिमाल गौतम ‘हिमु’ को शब्द रहेको छ । गीतको सुदिप सागरको एरेन्ज रहेको गीतको रेकर्डिष्ट एचबिएन किस्मत हुन् । राग स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् ।

रेसुङ्गा कृयसन युट्युव च्याानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सनम कठायत, सम्झना गौतम र माला कुँवरको अभिनय रहेको छ । मुकेश हुमागाईंको छायांकन रहेका रहेको भिडियोलाई बिनोद बमले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई बिनोदले नै सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु