‘एउटै कथा हो जिन्दगी’ मा मानिसका विविध चरित्रको चित्रण

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय नेपालमा पनि राम्रा राम्रा कथाहरु बस्तुहरुमा म्युजिक भिडियो बन्न थालेको छ । यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत ‘एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको भिडियोमा अभिनेता तथा मोडेल बिकास लामिछाने र प्रिया न्यौपानेको अभिनय देख्न सकिन्छ ।

गीतमा कुमार मिश्रको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम नरेन्द्र प्यासीकै रहेको छ । बिक्रम कुमार भुजेलको एरेञ्ज रहेको गीतलाई कुमार के सिले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।भिडियोलाई पछील्लो समय चर्चामा रहेको निर्देशक प्रकाश धितालले निर्देशन गरेका छन भने उत्सव दाहालले छांयाकन, बिकास दाहलले सम्पादन गरेका छन । भिडियोलाई के के अक्टेभको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु