• गीति लेखनमा मिलन लम्सालको प्रवेश ! ‘तिमी नै मन पर्छ’ भन्दा दंग परिन् अप्पु कर्मा !

    म्यूजिक खबर
    प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

    काठमाडौं । गीतकारको पंक्तिमा नयाँ सर्जकको उपस्थिति भएको छ, जसको नाम हो मिलन लम्साल । झापाको दमक स्थायी घर भई हाल अमेरिका बस्दै आएका मिलन गीति लेखनमा प्रवेश गरेका छन् ‘तिमी नै मन पर्छ’ बोलको गीत मार्फत । प्रेमीका प्रतिको गहिरो समपर्णको भाव गीतमा समावेश गरिएको छ ।

    लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वर र संगीत रहेको उक्त गीतलाई बिनोद कुमार भुजेल ले एरेन्ज गरेका हुन् ।
    निकै कर्णप्रिय बनेको उक्त गीतको भिडियो पनि बनेको छ । भिडियोमा अप्पु कर्माले अभिनय गरेकी छिन् । अप्पु कर्माको कन्सेप्टमा तयार भएको भिडियोलाई मिलनले नै निर्देशन तथा छायांकन गरेका हुन् ।

    स्कुले उमेरदेखि नै लेखनमा रुची भएका मिलन हाल गीत सार्वजनिक गर्न सफल भएकोमा खुशी भएको बताउँछन् । गीत सार्वजनिक भएसँगै सबैले गीति लेखनमा सक्रिय रहन पनि सुझाव मिलीरहेको छ –मिलन भन्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु