• गायक नरेन्द्र राईको आवाजमा ”बुवा आमा” (भिडियोे सहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७६, सोमबार २०:५४

    काठमान्डाँे ।
    गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ ।

    माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ ।

    नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा रहेको छ ।
    ”बुवा आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु