• नरेश र समिक्षाको मर्मस्पर्शी गीत ‘माया मारेर’

    म्यूजिक खबर
    प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार
    Naresh Khati

    काठमाडौं । एकातिर कोरोना भाइरसको त्रासदी छँदैछ भने अर्कातिर लकडाउनले घरभित्रै बस्नुपर्ने अवस्था । नेपाल मात्र होइन विश्वभरि नै यो त्रासदीपूर्ण अवस्था छ । तैपनि कलाकारहरु आफ्नो सिर्जनालाई लकडाउनमा सीमित राख्न चाहँदैनन् । सजगता अपनाएरै भए पनि सिर्जनालाई बजारमा ल्याउने काममा खटिरहेका छन् । मनभरि सिर्जनाले उथलपुथल बनाइरहेको बेला हरेक चुनौतिको सामना गर्ने बानी परेका कलाकार मध्ये हुन् नरेश खाती ।
    गायक नरेश खातीले यतिखेर मर्मस्पर्शी गीत ‘माया मारेर’ सार्वजनिक गरेका छन् । उनलाई स्वरमा साथ दिएकी छन् समिक्षा अधिकारीले । नरेशको आफ्नै शब्द र संगीतमा सिर्जना गरिएको यो गीतलाई कृष्ण वि.क. भान्जाले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ भने गीतलाई प्रिज्म डिजिटलमा रेकर्ड गरिएको हो ।

    मायाप्रेमभित्रका गहिराईमा गीतका भावहरु डुबेको छ । सुन्दा सबैले एकछिन आफूलाई आनन्दित बनाउँछन् । सार्वजनिक भएको छोटो समयमा नै धेरैको मन जितेको छ । विभिन्न बन्धनभित्र भए पनि प्रेमी र प्रेमिकाको कथालाई नरेशले राम्रोसँग बुनेर सुमधुर बनाएका छन् ।
    समयअनुकल म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । कोरोना भाइरसका कारण बाहिर जानसक्ने अवस्था छैन तर एउटा सांगीतिक समूह बनाएर एकै ठाउँमा भिडियोलाई सकिएको छ । भिडियोको छायाँकन करन चैंसिरले गरेका छन् भने नरेश आफैंले निर्देशन गरेका छन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समिक्षा अधिकारी नै देखिएका छन् । भिडियो नरेश मेक्सम यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु