• ‘पिपलु बर’ बाट नरेश र समिक्षालाई दश लाखको माया

    म्यूजिक खबर
    प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

    काठमाडौं । लामो समयदेखी सांगीतिक क्षेत्रमा क्रियाशील रहेका गायक नरेश खाती पछिल्लो समयकी चर्चित र व्यस्त गायिका समिक्षा अधिकारीको स्वरले सजिएको गीत ‘पिपलू बर’ ले छोटो समयमा नै अत्याधिक चर्चा र उल्लेखित भ्यूज कमाउन सफल भएको छ । सार्वजनिक भएको एक हप्ता मै गीतले युटुबमा १० लाख बढी दर्शक श्रोता कमाउन सफल भएको छ । गीत टिकटकमा समेत निकै भाईरल बनेको छ । नरेशकै शब्द संगीत रहेको गीतले प्रतिक्रया पनि सकारात्मक पाएको छ ।

    अधिकांश प्रतिक्रियामा गीतको भिडियोलाई पनि तारिफ गरिएको छ । गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।
    यसअघि पनि नरेश र समिक्षाको युगल स्वरमा रहेको गीत ‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ लाई दर्शले रुचाइदिएका थिए ।

    गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु