लोकप्रिय गायक नरहरि प्रेमीले रश्मी चौधरीसँग होली खेल्दै

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार
Narhari Premee

काठमाडौं । लोकप्रिय गायक र संगीतकार नरहरि प्रेमीले यसपालीको होलीमा रश्मी चौधरीसँग होली खेल्ने भएका छन् । गायक प्रेमी र गायिका चौधरीको स्वरमा रहेको ‘आयो होली’ गीत सार्वजनिक गर्दै उनीहरुले यसापलीको होलीलाई विशेष रुपमा मनाउन लागेको बताएका छन् । रंगहरुको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको ‘आयो होली’ गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । गायक नरहरि प्रेमीका युगल गायनमा प्राय गायिका रश्मी चौधरी साथ दिने गरेकी छन् ।

जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् । गीत सुन्योकि नाँचिहालुँझै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । साह्रै सरल तर गहकिला भाव छल्किने यस गीतलाई समग्र हिसावले नयाँपन दिनमा प्रेमी सफल भएको कुरा गीत सुन्नासाथै प्रस्ट हुन्छ ।

आफ्ना हरेक सिर्जनामा नौला नौला प्रयोग गर्न रुचाउने प्रेमीको यो गीत पनि होली सम्बन्धि गीतहरुमा अहिलेसम्मकै पृथक बनेको महशुस हुन्छ । एरेञ्जर लक्षु प्रकाश मल्ल र रेकर्डिष्ट जीवन बडुको मिक्सिङ कार्य पनि प्रशम्सनिय छ ।
श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको आयो होली गीतका गायक नरहरि प्रेमीको चिप्पक चिप्पक बोलको गीत पछिल्लो समयको निकैनै चर्चित गीत हो ।

हालैमात्र प्रेममकर्जा बोलको गीत बजारमा प्रेमी आफैमा संगीतका एक असल गुरु पनि हुन् । नियमित रुपमा युट्यब च्यानल मार्फत अनलाईन संगीत शिक्षा प्रदान गर्दै आइरहेका भर्सटायल गायका नरहरि प्रेमीको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको आयो होली गीतले यसपालिको होलीमा सबैलाई मज्जासँग नचाउने र झुमाउने कुरामा ढुक्क हुन सकिन्छ । डिजे र टा«न्स शैलीको सुनुुसुन र नाचुँनाचुँ लाग्ने आयो होली गीतले सबै श्रोता दर्शकको मन जितोस हाम्रो पनि शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु