• राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान : शिव र लक्ष्मीलाई दिर्घसाधना, शिव बने उत्कृष्ट पाश्र्व गायक (नामावली)

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०८०, बुधबार

    काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ ०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ ०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे । दुवैलाई जनही तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

    यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दिया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल ९चिसो मान्छे०, छायाकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक नीमेष श्रेष्ठ (दोख) पुरस्कृत भए ।

    यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उनीहरूलाई जनही २५ हजारसहित पुरस्कृत गरिएको हो ।

    पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन् । ‘चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्ष रूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ,’ मन्त्री शर्माले भनिन्, ‘चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाब लिने काम छिट्टै सुरु गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।’

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘पुरस्कारमा सबैलाई समेट्न सकिँदैन, तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।’

    समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमाया’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’लाई जनही दुई लाखसहितको पुरस्कार प्रदान गरे । उक्त समारोहमा संगीत तर्फबाट गायक शिव परियालाई पाश्र्व गायक विधाद्वारा सम्मानित गरिएको थियो ।

    राष्ट्रपति कार्यालयका सल्लाहकारज्यूहरू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, राष्ट्रपतिको कार्यालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवज्यूहरू सहित नेपाल सरकारका उच्च ओहदाका पदाधिकारीहरूका साथै
    विशिष्ट चलचित्रकर्मीहरूको उपस्थिति रहेको सो समारोहमा नेपाली सेनाको व्याण्डले राष्ट्रिय गानका साथ विभिन्न कालखण्डका कालजयी एवं कर्णप्रिय चलचित्र गीतहरूको धुन प्रस्तुत गरेको थियो।

    सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजंग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

    पुरस्कृत र सम्मानित हुनेहरूको नामावली यसप्रकार रहेको छ

    चलचित्र दीर्घ साधना सम्मान (लाइफटाइम अचिभ्मेन्ट अवार्ड) २०७८ र २०७९९ताम्रपत्र, नगद ३ लाख ७५ हजार
    रूपैयाँ र दोसल्लासहित सम्मानित हुनेहरु
    १. चरित्र अभिनेत्री विशिष्ट चलचित्रकर्मी श्री लक्ष्मी कुमारी पौड्याल ९लक्ष्मी गिरी०, काठमाडौंलाई “चलचित्र दीर्घ
    साधना सम्मान २०७८” बाट सम्मानित।
    २. नायक विशिष्ट चलचित्रकर्मी श्री शिव सुन्दर श्रेष्ठलाई “चलचित्र दीर्घ साधना सम्मान २०७९” बाट सम्मानित।

    “राष्ट्रिय चलचित्र पुरस्कार २०७८ र २०७९” ९प्रमाण पत्र, नगद पुरस्कार २५ हजार र ट्रफीसहित सम्मानित हुनेहरु निम्नअनुसार रहेका छन् ।

    १. उत्कृष्ट लेखन ९कथा, पटकथा, (सम्वाद) चिसो मान्छे दिपेन्द्र के.खनाल
    २. उत्कृष्ट छायाङ्कन लप्पन छप्पन(२ पुरूषोत्तम प्रधान
    ३. उत्कृष्ट सम्पादन दोख निमेष श्रेष्ठ
    ४.उत्कृष्ट अभिनेत्री प्रकाश दिया मास्के
    ५. उत्कृष्ट अभिनेता महापुरूष हरिवंश आचार्य
    ६. उत्कृष्ट निर्देशक प्रकाश दिनेश राउत
    ७. उत्कृष्ट चलचित्र आदिवासी,
    जनजाति, विभिन्न मातृभाषी – हुलन छ्याँबा (देशै राम्रो)
    गुरूङ भाषा मुनाल फिल्म प्रालि.(श्री भोज बहादुर गुरूङ)

    ८. निर्णायक विशेष छनोट ऐना झ्यालको पुतली लोकल सिनेमा प्रा.लि. (श्री प्रबिन स्याङ्बो, श्री आकाश पौडेल)
    ९. निर्णायक विशेष छनोट गोर्खा विनिथ द ब्रेभरी साई प्रोडक्सन प्रा.लि. (श्री नविन कुमार शाही)

    राष्ट्रिय चलचित्र पुरस्कार २०७८–२०७९ निर्णायक समिति (जुरी) का पदाधिकारी यसप्रकार रहेका छन् –

    १. श्री राजेन्द्र शलभ संयोजक
    २. श्री सरिता गिरी सदस्य
    ३. श्री शिवम् अधिकारी सदस्य
    ४. श्री अनुप भट्टराई सदस्य
    ५. श्री चेतन सापकोटा सदस्य

    विशेष चलचित्र पुरस्कार २०७८ र २०७९
    विशेष चलचित्र २०७८ अन्तर्गत सम्मानितहरु निम्नअनुसार रहेका छन् –
    १. टुल्की द पाल्म ग्रुप प्रा.लि. (श्री शेखर लामा)
    २. निरमाया मदानी मूभि एण्ड इन्टरटेनमेन्ट प्रा.लि. (अनन्त प्रसाद तिमल्सिना)

    विशेष चलचित्र २०७९ बाट सम्मानितहरु निम्नअनुसार रहेका छन् –

    १. बुलाकी छत्रेश्वरी मेनेजमेन्ट प्रा.लि. (निर्देशक लक्ष्मण सुनार)
    २. प्रसाद २ सुलभ फिल्मस् प्रा.लि. (श्री सुदर्शन थापा, निर्देशक)
    ३. चिसो मान्छे डि.एस.डिजिटल प्रा.लि. (श्री शर्मिला पाण्डे)

    विशेष चलचत्रि छनोट २०७८ र २०७९ निर्णायक समितिमा रहेका पदाधिकारीहरू

    १.श्री रविचन्द्र अधिकारी संयोजक
    २. श्री उदय इङ्नाम सुब्बा सदस्य
    ३. श्री शिवजी लामिछाने सदस्य
    ४. श्री सम्पदा मल्ल सदस्य

    विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरू
    १.श्री अर्जुन श्रेष्ठ काठमाडौं कलाकार
    २. श्री अर्जुनजंग शाही कास्की कलाकार
    ३. श्री इन्द्रदेव चलचित्र मन्दिर चितवन चलचित्र प्रदर्शक
    ४. श्री ऋषिराज आचार्य दाङ निर्देशक
    ५.श्री ओम अग्रवाल काठमाडौं चलचित्र व्यवसायी
    ६. श्री कमल प्रसाद शर्मा (अर्याल) दाङ कलाकार
    ७. श्री कमलकान्त मैनाली चितवन कलाकार
    ८. श्री किरण के।सी। ललितपुर कलाकार
    ९. श्री कृष्ण प्रसाद पोखरेल कास्की निर्माता
    १०. श्री केदार प्रसाद पाठक काठमाडौं निर्देशक
    ११. श्री गौरीशंकर धुजु काठमाडौ छायाँकार
    १२. श्री झरना थापा काठमाडौं कलाकार
    १३. श्री ठाकुर प्रसाद ढुंगाना काठमाडौं एन.आर.एन. दुबई निवर्तमान अध्यक्ष
    १४. श्री डब्बु क्षेत्री सिन्धुली चलचित्र पत्रकार
    १५. श्री दयाराम दाहाल काभ्रेपलाञ्चोक निर्देशक
    १६. श्री प्रीतम गुरुङ तनहुँ निर्देशक
    १७. श्री भुपेन्द्र कुमार खड्का दैलेख निर्देशक
    १८. श्री मनोज के.सी. काठमाडौं प्राविधिक (प्रोडक्सन डिजाइनर)
    १९. श्री रमेश ढकाल चितवन वितरक
    २०. श्री रामचन्द्र अधिकारी काठमाडौं कलाकार
    २१. श्री रामेश्वर के।सी। काठमाडौं कलाकार
    २२. श्री रामेश्वर बुर्लाकोटी मकवानपुर कलाकार
    २३. श्री विजय लामा काठमाडौं कलाकार
    २४. श्री विपिन मल्ल चितवन सम्पादक
    २५. श्री विमल पौडेल बाग्लुङ निर्मातारनिर्देशक
    २६. श्री विमला के।सी। काठमाडौं कलाकार
    २७. श्री शिव परियार सर्लाही गायक
    २८. श्री शोभित बस्नेत काठमाडौं निर्मातारनिर्देशक
    २९. श्री सन्तोष पन्त काठमाडौं कलाकार
    ३०. श्री सुदर्शन थापा काठमाडौ निर्देशक
    ३१. श्री सुनयमान श्रेष्ठ काठमाडौं म्युजिक एरेन्जर
    ३२. श्री सुनिल कटुवाल काठमाडौं कलाकार
    ३३. श्री सुनिल पाण्डे नवलपरासी निर्देशक
    ३४. श्री सुभाष प्रसाद गजुरेल धनुषा कलाकार
    ३५. श्री सुवास गिरी काठमाडौं निर्माता

    लघु चलचित्र छनोट सिफारिस समितिका पदाधिकारीहरू–

    १. श्री राजु खत्री क्षेत्री संयोजक
    २. श्री विष्णु शर्मा सदस्य
    ३. श्री सामीप्यराज तिमल्सेना सदस्य
    सबै निर्णायक समिति (जुरी) का पदाधिकारीहरूलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु