‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम’ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७९, शनिबार

काठमाडौं । नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले आयोजित “राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” सम्पन्न भएको छ ।
काजोल म्युजिक प्रा. लि. द्वारा आयोजित यस कार्यक्रममा नन्दा बस्यालको सभापतित्व रहेको थियो भने माननीय सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन मञ्जु पौडेलले गरेकी थिइन् भने शिव संगीतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय सामाजिक बिकाश मन्त्री कुमारी मुक्तानले दिप प्रज्वलन गरि उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा मिडिया संयोजकको भुमिका निर्वाह पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरेका थिए ।

“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” मा सात वटै प्रदेशको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार सरोज खनाल, बरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै प्रतिष्ठानका केन्द्रिय सचीव कृष्ण रेउले, प्रतिष्ठानका केन्द्रिय सदस्य उत्तम शर्मा, बरिष्ठ नृत्यांगना सम्झना बुढाथोकी, बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायत धेरै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

‘राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९’ मा बिगत ४ दशक भन्दा बढि नृत्य बिधामा योग्दान पुर्‍याउनुका साथै नृत्य प्रशिक्षण गर्दै आईरहेको भन्दै कुलमान नेपालीलाई र बिगत २ दशक भन्दा बढी नृत्य बिधामा योग्दान पुर्‍याएको भन्दै सम्झना बुढाथोकीलाई बिशेष सम्मान गरिएको थियो ।

साथै यस कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती, प्रायोजक, कलाकार लगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु