७ औं राष्ट्रिय लोकदोहोरी अवार्डको आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार
Folk & Duet Award

काठमाडौं । ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नारा सहित आयोजना गरिँदै आइएको ‘७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७’ को आबेदन खुल्ला भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुँदै आएको यस अवार्ड २०७७ जेठ ३१ गते शनिबारका दिन प्रज्ञा भवन कमलादी, काठमाडौंमा सम्पन्न हुने भएको छ ।

अवार्डको फर्म भर्ने अन्तिम मिति २०७७ बैशाख १५ गतेसम्म रहेको छ । उक्त अवार्डमा ५ वटा सम्मान सहित ३३ वटा बिभिन्न बिधा रहेका छन् । यस ७ औं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७६ को फर्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको कार्यालय, मारुनी रेकडिङ स्टुडियो, मार्मिक रेकडिङ स्टुडियो, स्टुडियो मालश्री, प्रिज्म रेकडिङ स्टुडियो, राग स्टुडियो, म्युजिक बैंक स्टुडियो लगायत अन्य स्टुडियोहरुमा उपलब्ध हुने उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले बताए । आफ्नो पायक पर्ने ठाँउमा अवार्डको फर्म भर्न सक्ने छन् । अवार्ड कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरिदिनका लागी उपत्यका समन्वय समितिका अध्यक्ष लम्सालले सबैलाई अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु