उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा स्वास्थ्य शिविर तथा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७६, शुक्रबार

काठमाडौं । “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई सम्मान” भन्ने मुलनारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले यही आउँदो फागुन १७ गते शनिबारका दिन स्वास्थ्य शिबिर रक्तदान कलाकारहरुको नाक, कान, घाटी जाँच तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

सो कार्यक्रम ललितपुर स्थित जावलाखेलको खेल मैदानमा हुने छ । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बाक्लो उपस्थिती रहने छ । यस स्वास्थ्य शिबिर रक्तदान ९कलाकारहरुको नाक, कान, घाटी जाँच० तथा बृहत साँस्कृतिक कार्यक्रममा अल्का अस्पताल प्रा। लि। ले डाक्टर तथा चिकित्सकहरु उपलब्ध गराई सहयोग गर्ने कुरा जानकारीमा आएको छ ।

यस कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समिती आयोजकको रुपमा रहने छ भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटा समिती सहयोजकको रुपमा रहने कुरा सोही संस्थाका अध्यक्ष सुजन बराईलीले जानकारी गराएका छन् ।

हरेक कलाकारहरुको स्वास्थ्यमा उत्तारचढाव आईरहने भएको हुँदा कलाकारहरुको नाक कान, घाटी जाँच संगै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको कुरा अध्यक्ष सुजन बराईलीले बताए । कार्यक्रमको बारेमा बिस्तृत जानकारीका लागी ९८५११९५२९० मा सम्पर्क गर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु