• प्रतिष्ठानको आफ्नै भवनमा १९ औं वार्षिकोत्सव, फागुन २९ मा ‘लोकदोहोरी दिवस’ मनाउने

    म्यूजिक खबर
    प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

    काठमाडौं । लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले स्थापना दिवसको १९ औं बार्षिकोत्सव फागुन २९ गते विहीबार आफ्नै भवनमा मनाउँदैछ । १९ औं वार्षिकोत्सवको अवसरमा यस वर्षबाट फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवस’का रुपमा मनाउने निर्णय प्रतिष्ठानले गरेको छ ।

    वार्षिकोत्सव एवं लोक दोहोरी दिवस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवन धापासीमा भोलि बिहान ८ बजे आयोजना हुने अध्यक्ष रमेश बिजीले जानकारी गराए ।

    यो वर्षबाट प्रत्येक बार्षिकोत्सवको अवसरमा ‘लोक दोहोरी दिवस’ मनाउनुका साथै यस अभियानलाई निरन्तरता दिने कुरामा बिश्वस्त रहेको कुरा पूर्व अध्यक्ष चन्द्र शर्माले बताए ।

    १९ वर्षअघि फागुन २९ गते प्रतिष्ठानको जन्म भएको थियो । हाल यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना पनि भैसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १९ औं बार्षिकोत्सव तथा ‘लोक दोहोरी दिवस’ मा देश तथा बिदेशमा रहेका बिभिन्न शाखा, उपशाखा, प्रदेश समिती, उपत्यका समन्वय समितीका बिभिन्न शाखाहरुलाई बिशेष सहभागीता जनाई यस अभियानलाई सफल पारिदिनका लागि अध्यक्ष बिजीले सबैलाई अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु