राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा २०८१ सालको भित्ते पात्रो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ वर्ष २०८१ को अवसरमा भित्ते पात्रो सार्वजनिक गरेको छ ।

२०८१ सालको विविध सूचनाहरु उल्लेखित गरिएको पात्रोलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, पूर्व अध्यक्ष हरि बल्लभ नेपाल, चलचित्र निर्देशक माधवराज खरेल र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका कार्यसमिति पदाधिकारीहरुले संयुक्त रुपमा बिमोचन गरेका हुन् । पात्रो सार्वजनिक समारोहमा सञ्चारकर्मी नेपालका कोषाध्यक्ष शरण हुमागाईं, सहकोषाध्यक्ष कल्पना रेग्मी, पात्रो प्रकाशन समितिका संयोजक गोपिकृष्ण चापागाईं, सदस्यहरु बाबुराम सिग्देल, कबिराज ढकाल र बिनिता क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अनामनगरस्थित आफ्नै कार्यालयमा पात्रोलाई सार्वजनिक गरिएको हो । पात्रोमा सञ्चारकर्मी नेपालले २०८० सालका गतिविधीलाई तस्बिर मार्फत समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु