• सुमन खड्काले चुमे राष्ट्रिय लोकदोहोरी आइडल २०८२को उपाधि, संगीना थापा भइन् उपविजेता

    म्यूजिक खबर
    प्रकाशित: ३२ जेष्ठ २०८२, शनिबार ०२:२६

    काठमाडौं । ‘राष्ट्रिय लोकदोहोरी आइडल २०८२’ को उपाधि गाउँबेसी रोधीघर पोखराका सुमन खड्काले चुम्न सफल भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा पुलिस क्लब भृकुटीमण्डपमा आयोजना भएको राष्ट्रिय लोकदोहोरी आइडलमा प्रथम बन्दै खड्काले उपाधि जितेका हुन् । उपाधिसहित उनले मोटरसाइकल, नगद ३३,३३३, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै सालघारी दोहोरी साँझ काठमाडौंकी संगीना थापा मगरले दोस्रो स्थानको उपाधि चुम्दै स्कुटर, नगद २२,२२२, ट्रफी र प्रमाणपत्र पाएकी छन् ।

    कार्यक्रममा अन्य १० उत्कृष्ट कलाकारहरूलाई विभिन्न विधामा नगद रु १५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। देशभरिका ६९ दोहोरी साँझहरूबाट प्रतिनिधित्व गर्दै आएका प्रतियोगिताबाट १६ जना कलाकार लोकदोहोरीको प्रीमियर लिगका लागि छनोट भएका छन्। कार्यक्रममा विशिष्ट निर्णायकको रूपमा तेजबहादुर केसी र प्राज्ञ दुर्गा रायमाझी थिए । त्यतै निर्णायक मण्डलमा सुवास केसी, राजु ढकाल, प्रचण्ड जिसी, जीवन दाहाल, दीपक खड्का, दुर्गा गुरुङ, सत्यकला राई, कोपिला गौतम तथा निर्णायक सहयोगीको रूपमा भरत बाराकोटी र प्रेम शर्मा थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु