नेशनल पावर न्यूज म्यूजिक अवार्डमा सहभागी हुनका लागि खुल्यो फाराम

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७६, बुधबार

काठमाण्डौ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम ननेपाल०को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ ।

नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेका छन । नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहनेछ भने भाषा भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङ लगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिष्प्रधा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।
नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ ९१ बर्ष० सम्म वजारमा आएका एवं प्रकाशनमा आएका अडियो÷भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने भाषा भाषि अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म ९२ बर्ष० भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले वताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु