राष्ट्रिय भावको गीत ‘देशै रोयो कोरोनाले’

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । लक डाउनको समयमा ‘देशै रोयो कोरोनाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सागर प्रधानको शब्द तथा संगीत रहेको गीतमा सरिता भारती,चेतन गोतामे,महेश बिक्रम र पुजा गुरुङको स्वर रहेको छ । महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।
अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सीमा भारतले मिचेको पीडा गीतमा समेटिएको छ।

सोमबार राति यो गीतको भिडियो रिलिज गरिएको हो। गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले अभिनय गरेका छन्। यी गायकगायिकासँगै अन्य २० जनाभन्दा बढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु