हृदय स्पर्श गर्न सक्ने गीत ‘नेपाली हामी’

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

काठमाडौं । हामी नेपाललाई हृदयदेखि नै माया गछौं । नेपाली हुनुमा हामी सबैलाई उत्तिकै गर्व छ । पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको छ, त्यसका लागि हामी पछि हट्नु हुँदैन । यस्तै सन्देश बोकेको देशभक्तिले ओतप्रोत भएको ‘नेपाली हामी’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

धेरैको हृदयमा मिठो स्पर्श गर्न सक्ने गीतलाई देबदत्त भट्टले लेखेका हुन् । गीतमा आरसी रिमालको स्वर र संगीत रहेको छ । साहस शाक्यले एरेन्ज गरेको गीतमा प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् । देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा पनि आरसी रिमाललाई देख्न सकिन्छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु