जेनी थिङले चुमिन् नेशनल भ्वाइसको उपाधि

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०८०, आईतवार
national voice reality show 2023

काठमाडौँ । शान्ति इन्टरटेन्टमेन्टले आयोजना गरेको गायन प्रतियोगिता ‘नेशनल भ्वाइस–२०८०’ को उपाधि जेनी थिङ तामाङले चुम्न सफल भएकी छन् । पौष ७ गते शनिबार काठमाडौँको थर्ड आई अडिटोरियम हलमा सम्पन्न उक्त रियालिटी शोमा फाइनलिस्ट १० प्रतियोगीमा थिङले नेशनल भ्वाइसको उपाधि जितेकी हुन् । त्यस्तै अर्पण बि.क. द्वितीय र राज राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई ट्रफी र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

शान्ति इन्टरटेनमेन्टका अध्यक्ष विकास चौधरीको सभापतित्वमा भएको उक्त प्रतियोगितामा वरिष्ठ संगीत गुरु गुरुदेव कामतको प्रमुख आतिथ्यता रहेको थियो । उक्त प्रतियोगितामा निर्णायकहरु वरिष्ठ निर्देशक तथा गीतकार मीन सागर लामा, वरिष्ठ संगीत संयोजक राजु खड्का, गायक उत्सब सुब्बा लामा, चर्चित गायिका सीता के.सी., गायक जि पून(जीत बहादुर पुर्जा पून), गायक रेशम कुमार विश्वकर्मा, गायक भिम बहादुर मगर, साउन्ड इन्जिनियर गोविन्द सोनी र गायक कृति मान तामाङ रहेका थिए ।

कार्यक्रममा अतिथिहरुमा चलचित्र निर्देशक उत्तम के.सी., नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक राजु शाह, गीतकार डा.ओम कृष्ण प्रसाई र गायिका सब्बु के.सी.थिए ।
त्यस्तै कार्यक्रममा निर्देशक देब दोर्जे लामा,गायक प्रबिन राई, गायक माधव भन्डारी, मोडल बिजेन्द्रा नौबागे, गायक सन्दिप स्यामचेन, पत्रकार राजकुमार तामाङ, गायक टीका बम्जन, गायक अभिनय यादव, गायक सन्जोक योन्जन, गायक सोनाम योन्जन लामा, निर्देशक÷कलाकार रेशम कुमार स्याउली तामाङ, वरिष्ठ साउन्ड इन्जिनियर डिका गुरुङ, मोडल सुरज लामा, पत्रकारहरु उत्तम श्रेष्ठ र अमृता श्रेष्ठ, गायक शैलाप वाइबा (पन्चमान तामाङ), राजेन्द्रप्रसाद कोईराला र रामचन्द्र भन्डारीलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु