२० बिधामा ‘नेशनल फेस्टिबल म्युजिक अवार्ड’ हुने

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार

काठमाडौं । अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन कला, गला, संस्कृती संरक्षणमा हाम्रो अभियान भन्ने मुलनारा सहित ‘नेशनल फेस्टिबल म्युजिक अवार्ड’ हुने भएको छ । २० विधामा हुने भनिएको यस अवार्डमा सिर्जना सहभागि गराउनका लागि आबेदन फर्म खुलेको छ ।

सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित यस ‘नेशनल फेस्टिबल म्युजिक अवार्ड’ मा आबेदन फर्म शुल्क रु १ हजार निर्धारण गरिएको छ । यस अवार्डमा दशै, तिहार र प्रदेशी गीत मात्र समाबेश गरिने छ । गायक गायिकाको हकमा भिडियो बजारमा नआएतापनि अडियोको हकमा सहभागी हुन सकिने कुरा आयोजक पक्षले जनाएको छ ।

यही भदौ २४ गते सम्मका लागी यस अवार्डको आबेदन फर्म खुल्ला गरिएको छ । अन्य अवार्ड भन्दा पृथक तरिकाले आयोजना हुन लागेको यस अवार्ड सफल बनाईदिन सहयोगीदाता र कलाकारहरु संग आयोजक पक्षले अनुरोध समेत गरेको छ । अवार्डको आबेदन फर्म भर्नका लागी सामना म्युजिक क्रियशन प्रा।लि।को कार्यालय, अनामनगर, काठमाडौं ९९८६८१५५५०६, ९८४७६५८९६०० मा सम्पर्क गर्नुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु