नाट्यश्वर म्यूजिक अवार्ड चैत्र १६ मा बनेपामा हुने

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

आर पोखरेल , काठमाण्डौ

नाट्यश्वर भगवान हामि सबैको शान ,कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ् नाट्यश्वर म्युजिक अवार्ड २०७५ को फाइनल कार्यक्रम चैत्र १६ गते काभ्रेको बनेपामा हुने भएको छ । अवार्डको कार्यक्रम घोषित समय भन्दा फरक समयमा हुन गएकाले आयोजकले माफी मागेको छ ।
अवार्डलाई थप उचाई प्रदान गर्न अनि भब्य र सभ्य बनाउन आयोजक समिति क्रियाशील नै रहेको आज जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसारप्रमुख अथिति ज्युको समय ब्यबस्थापन गर्न गाह्रो भएको र प्राबिधिक कुराको ब्यबस्थापन गर्दै उहाँबाट समय प्रदान भएको समेत बिज्ञप्तिमा जनाईएको छ ।
कार्यक्रमको प्रमुख अथितिको रुपमा गणतन्त्र नेपालको प्रथम रास्ट्रपति डा रामबरण यादब रहनु भएको समेत आयोजक समितिले जनाएको छ । उहाँले कला र कलाकारिताको गरिमालाई उच्च बनाउन हाम्रो निमन्त्रणालाइ स्वीकार गरि सक्नुभएको पनि कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी ,नेकपाको नेता तथा पुर्ब पररास्ट्र मन्त्रि महेन्द्र बहादुर पाण्डे ,नेपाल चिकित्सक संघको पुर्ब अध्यक्ष डा केदार नर्शिंग केसी लगायतको ब्यक्तित्वहरुको उपस्थिति रहनुहुने निश्चित भएको छ ।
कार्यक्रममा मह जोडी ,बसुन्धरा भुसाल ,चैत्य देबी लगायतको समेत उपस्थिति रहने भएको छ । कार्यक्रम रास्ट्रिय काभ्रेली कलाकार संघले स्थानीय आयोजकको जिम्मेवारी लिएको पनि अवार्ड आयोजक समितिको अधक्ष्य प्रलाहद केसी ,कार्यक्रम निर्देशक किरण प्रसाद अधिकारि र सदस्य सचिब गोकर्ण प्रसाद लामिछाने द्वारा हस्ताक्षरित् बिज्ञप्तिमा जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु