• राजधानीमा गुञ्जियो नेपाली समाजमा प्रचलित नौमती बाजाका नौ रागहरु

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०८१, आईतवार

    काठमाडौं । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको आयोजनामा राजधानीमा आइतबार नौमती बाजामा आधारित नौमतीमा नौ राग कार्यक्रम सम्पन्न भएको छ ।
    संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा कलाकारहरुले नौमति बाजाहरुको प्रयोग गरी नौ किसिमका रागहरुको प्रस्तुति दिएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हितबहादुर तामाङले कलामा उत्कृष्ठ कला सङ्गीतकलालाई मानिदै आएपनि सबै कलाको आप्mनै विशिष्टतामा उत्तिकै महत्व रहेको बताउनु भयो । उनले नेपाली सङ्गीतमा मौलिकपञ्चे बाजा र नौमती बाजाको विशिष्ट महत्व र योगदान रहेको र यसको संरक्षणमा सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताए ।

    कार्यक्रमा नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानले नेपालका कुनाकन्दरा रहेकालोक संस्कृति र कलाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्र्दै आइरहेको जानकारी गराउँदै त्यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।
    सङ्गीत विभागप्रमुख कर्ण गौतमले परियार समुदायमा प्रचलित नौमतीबाजाका ३६ रागप्रचलनमा रहेको र ती रागहरु शुभकार्य र शोक कार्यमाबजाइने गरेको बताउँदै कार्यक्रममा ती मध्ये विवाह कार्यमा बजाइने नौ राग प्रस्तुत गरिएको बताए ।

    कार्यक्रममा १२ जना कलाकारहरुले परम्परागत विवाहमा बजाइने रागहरुलाई समेटेर प्रस्तुति दिएका थिए । जसमानगरा, बटुवा ताल राग, डाँडै ताल राग,दुलाहापर्साइ, जन्तीपर्साइँ, डाँफे ताल राग र दुलही रुवाउने ताल रागहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमको अवसरमा कलाकारहरुले नौमतीबाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमानगन्दर्भको बालाजोबनभाका प्रस्तुत भएको थियो । बाद्यवादनमाकमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दिलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियार लगातको समूहले नौमतीबाजा प्रस्तुति दिएका थिए ।

    कार्यक्रमको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१का विजेताहरुलाई सम्माना सहित पुरस्कृत समेत गरिएको थियो । विश्व सङ्गीतदिवसकादिनविजेता घोषित भएका सातप्रदेशका सातजना विजेताहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको हो ।

    पुरस्कृत हुनेहरुमा कोशीप्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराजदाहाल, बागमतीप्रदेशबाट सृजनाअर्याल, गण्डकीबाट बाबुरामश्रेष्ठ, लुम्बिनीबाट बसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदुरपश्चिमबाट धीरजनाथ थिए । उनीहरुलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदानगरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु