चर्चित हेयर स्टाइलिस्ट निल डेभिडलाई ‘एसिया प्राइड अवार्ड’

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७५, आईतवार

काठमाडौं । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सफल निल डेभिड कटवाललाई ‘एसिया प्राइड अवार्ड’ ले सम्मान गरिएको छ । एन्टी करप्सन फाउन्डेसन इन्डियाद्वारा उनलाई अवार्ड प्रदान गरिएको हो ।

एसिया स्तरमा भव्य रुपले आयोजना गरिएको उक्त सम्मान कार्यक्रम भारतको हरियाणास्थित करनाल भिभान रिसोर्ट्समा आइतबार सम्पन्न भएको हो ।

उक्त अवसरमा मा भारतसहित अन्य देशहरुका महान व्यक्तिहरु आफ्नो उत्कृष्ट कार्यका लागि ‘एसिया प्राइड अवार्ड’ ले सम्मानित भएका छन् । नेपाली हेयर एक्सपर्ट कटवाल यतिबेला नेपालमा मात्र नभई भारतमा समेत सक्रिय छन् । उनले नयाँ दिल्लीको जिके टु एम ब्लकमा सलुन स्थापना गर्दै भारतको राजधानीमा आफ्नो पहिचान स्थापित गरिसकेका छन् ।

त्यस्तै, कार्यक्रममा भारतका प्रख्यात बलिउड अभिनेता अभिषेक बच्चन विशेष अतिथिको रुपमा सहभागी भएका थिए । कलाकार राजा मुरादको पनि सहभागिता थियो । झापाको लक्ष्मीपुरमा जन्मेका निल डेबिडले विभिन्न देशहरुबाट हेयर स्टाइलको प्रशिक्षण लिएका छन् ।

नेपालको विभिन्न ठाउँहरुमा आफो शाखा र फचाइजीहरुको स्थापनापछि नयाँ दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका हेयर स्टाइलिस्ट कटवालले भारतकै शिवमाया कम्पनीसँग मास्टर फन्चाइजको सम्झौता समेत गरिसकेका छन् ।

त्यस्तै, इन्टरनेसनल कम्पनीले भारतको उत्तर प्रदेशले उत्तर प्रदेशको लागि मास्टर फेन्चाइस पनि सम्झैता गरिसकेको छ । कटवालको अन्तर्राष्ट्रिय रुपमा गरिएको कामको प्रशंसाका लागि उनलाई सम्मान गरिएको हो ।

 

‘डिजाइनर अफ द इयर’ हुने !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु