• ड्रिम हाई नेपालको सहकार्यमा दशौं नेफ्टा अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार
    nefta

    काठमाडौं । नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा काठमान्डौँको टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ ।

    भक्तपुर ०७ गुन्डुमा अवस्थित वल्ड स्कुलले नेपाली कलाकारितकाको माध्यमबाट समाज सुधारको लागी योग्दान पुयाएका कलाकर्मीहरुको सम्मानको लागी गर्न लागिएको अवार्ड कार्यक्रमका लागी विशेष सहकार्य गरेको विद्यालयका अध्यक्ष मिथलेश कुमार झाले जानकारी दिनुभयो ।


    “ड्रिम हाई नेपाल” र चलचित्र प्राविधिक संघको सहकार्यमा आयोजनामा हुन लागेको सो अवार्डले सिंगो नेपाली फिल्मी क्षेत्र कला, संस्कृति, साहित्य तथा मनोरन्जनको क्षेत्रमा अतुलनीय भूमिका खेल्ने आयोजकको दावी रहेको छ ।
    अवार्ड कार्यक्रममा काठमाडौ वर्ल्ड स्कुल जस्तो गरिमा मय शौक्षिक सस्था सर्ग सहकार्य गर्न पाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने कुरा “ड्रिम हाई नेपाल” का प्रमुख कमल जि।सीले व्यक्त गर्नुभयो ।

    नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकर्मी एवम रंगकर्मीहको विषेश जमघट गर्न लागीएको आयोजक सस्थाका अध्यक्ष कमल जिसीले बताउनुभयो । दशौँ सस्करणमा विशेष रुपमा आयोजनका गर्न लागीएको र अवार्ड कार्यक्रमलार्ई सभ्य र भव्य बनाउनको लागी फ्रेम नेपालले सहकार्य गर्ने समेत जानकारी दिनुभयो । विविध चलचित्रका विधाहरुमा कलाकार हरु सम्मानित हुने समेत आयोजकले बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु