• र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७८, बुधबार
    ‘नेपहपको श्रीपेच' nehapop रियालिटी सो

    काठमाडौंँ । नेपाल सहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्‍याप संगीतको लोकप्रिय ‘जनरा’ का रूपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्‍याप लोकप्रिय छ। यसैलाई मध्य नजर गर्दै नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ ।

    नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी सो हो । टिमले नेपालका केही ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन् । साथै कोरोनालाई मध्य नजर गर्दै सबै ठाउँमा अडिसन लिन पनि नमिल्ने भएकाले उक्त सोमा सहभागी हुन चाहाना हुनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन् ।

    यस सो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो । भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । सोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जज सँग भने कुरा भइरहेको टिमले बताएका छन् । उक्त जज् चाहिँ को हुन्छ भनेर चाहिँ खुलाइएको छैन ।

    उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु