प्रदेश सरकारद्वारा ‘नेपाल आईडल’ बिजेता रवि ओडलाई बधाई तथा सम्मान !

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७५, सोमबार

‘नेपाल आईडल’ को दोस्रो सिजनको बिजेता रबि ओड बनेसंगै उनको चर्चा थप चुलिएको छ । यतिबेला सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरु थाकेका छैनन् भने अर्काथरी उनको आलोचना गर्नेहरु पनि कम छैनन् । रबि उपाधीको लायक नै नभएकोसम्म तर्कहरु सामाजिक सञ्जालमा देखिईरहेका छन् । कतिपयले त उनको बारेमा निकृष्ट नै प्रतिक्रिया पनि दिईरहेका छन् जुन पक्कै पनि राम्रो चाही होईन् ।

नेपाल आइडलको धनगढीमा उनले अडिसन दिएका थिए । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएनन्, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलाई सर्वोत्कृष्ट गायक सावित गरे ।
उनले आफ्नो क्षेत्रक देउडा गीतलाई नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याएका थिए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पप र आधुनिक विधाका गीत पनि त्यती नै मिठ्ठो गाउँथे ।
उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी बनेर देशको सेवा गरेका थिए । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी बनेका थिए ।

निकै संघर्ष गर्दे यो स्थान सम्म आईपुगेका रबिको जीत भोट दिने जनताकै जीत हो । सामाजिक सञ्जाल २ थरीका प्रतिक्रियाले भरिएपनि उनको प्रतिभालाई सबैले सम्मान गरेका छन् । यसैबीच रबिलाई सुदूरपश्चिम प्रदेशले सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा ओडलाई प्रदेश सरकारले सम्मान गरेको हो ।

धनगढीमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले रबिले ‘नेपाल आईडल’ मार्फत आफ्नो भुगोललाई चिनाउन निकै महत्वपूर्ण भूमिका खेलेको बताए । उनले रबिको कारण नै सुदूरपश्चिममा पनि राष्ट्र चिनाउन सक्ने प्रतिभा रहेको पुष्टि भएको बताए। उनले यस क्षेत्रको कला, सस्कृतीको संरक्षण र कलाकाहरुको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।

यसैगरी आज नै रबिको सम्मानमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चियापान कार्यक्रमको पनि आयोजना गरेको छ । रबिले आफुलाई भोट दिने सबैलाई धन्यवाद दिएका छन् । निकै गरिब परिवारमा जन्मिएका रबिले आफुले पाएको रकमले बुवा आमाका लागि घर बनाउँने योजना बुनेको बताए ।

गायिका एञ्जिलालाई दुई युवकले ‘ओई तिम्रो छ कि छैन कोई’ ? भनेपछि भिडियो ट्रेण्डिङमा !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु