‘नेपाल आइडल’ को फाइनल काठमाडौंमै हुने, को बन्ला आइडल ?

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–२ अहिले चर्चामा रहेको छ । पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेर चर्चा कमाएसँगै अहिले नेपाल आइडलका टप चार प्रतिस्पर्धी नै औधी चर्चामा रहेका छन् । एपीवान टेलिभिजनबाट प्रसारण भइ रहेको ‘नेपाल आइडल’ -२ अन्तिम चरणमा पुगेका बेला यसको फाइनल यस वर्ष काठमाडौँमा नै गरिने भएको छ ।काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएको सो फाइनल इभेन्ट काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुने आयोजकले जनाएको छ ।

पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड उत्कृेष्ट ४ मा पुग्न सफल भएका प्रतिस्र्धीहरुमध्ये चारबाट नै विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।नेपाल आइडल को पहिलो फाइनल भने कतार मा गरिएको थियो ।

 

‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ सम्पन्न ! खुमन र देबि उत्कृष्ट गायक गायिका (सूचि सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु