डा.कृष्णहरि बराल, गैरे सुरेश र शोभा पाण्डेको राष्ट्रियता ‘नेपाल प्यारो’

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७७, शुक्रबार
Krishna Hari Baral

काठमाडौं । पछिल्लो समय राष्ट्रियताको कुरा निकै चर्चामा छ । तर राष्ट्रियता भनेको सधैं नै मनभित्र, मुटुभित्र हुनुपर्छ । म जे छु यही धर्तीको उत्पत्ति हुँ, यही धर्तीको सम्पत्ति हुँ भन्ने भावना मनमनमा र जनजनमा हुनुपर्छ भन्ने भावका साथ डा.कृष्णहरि बरालका सिर्जना बाहिर आएको छ । वरिष्ठ गजलकार, गीतकार डा.बरालको रचनामा राष्ट्रियताका भाव समेटिएको उर्जाशील गीत हो ‘नेपाल प्यारो’ । जसको संगीत सिर्जना गैरे सुरेशको रहेको छ भने शोभा पाण्डेले स्वर दिएकी छन् ।

म जेजे हुँ, म जस्तो हुँ यही माटोको उत्पत्ति हुँ
यहीँ फुल्नु छ , फक्रिनु छ, यही देशको सम्पत्ति हुँ
मैले बत्ती बनेर बल्नु छ
देशको धड्कन बनेर चल्नु छ
नेपाल ९प्यारो,प्यारो,प्यारो नेपाल
वरिष्ठ गीतकार डा.कृष्णहरि बराल, संगीतकार गैरे सुरेश र गायिका शोभा पाण्डेको योभन्दा पहिला पनि धेरै गीतहरु बजारमा आइसकेका छन् । तर अरु गीतहरुभन्दा यो गीत फरक पहिचानका साथ बजारमा आएको हो । यस गीतमा नेपालको स्वतन्त्रता, स्वाभिमान र पहिचानसँगको सम्बन्ध मनमनबाट जनजनमा पु¥याउनुपर्छ र राष्ट्रियता सदैव कायम गर्नुपर्छ भन्ने सन्देश फैलाउने उर्जा सिर्जित भएको छ । गीतमा नीरा रानाभाट, इश्वर बराल र गंगाधर पराजुलीले सहगायनमा साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु