• नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २५ आश्विन २०७७, आईतवार

    काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मन्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, कलाकार उत्तम केसी, निर्माता तथा युवा नेता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं संचारकर्मी दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए ।

    त्यस्तै आयोजक संस्था क्रियटिभ इन्साइट मिडियाको आयोजनामा भएको यस अवार्ड कार्यक्रमलाई शुभकामना मिडिया सोलुसनले इभेन्ट व्यवस्थापन गरेको हो । आयोजक कमिटिमा अध्यक्ष सूर्य चन्द, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक सुमन पण्डित, सदस्य सचिव रोशन पोखरेल, सदस्यद्वय तुलसी गिरी भावुक र सन्दिप महत रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष सूर्य चन्दले संगीतकर्मीहरुले लकडाउनको परिस्थिति र कोरोनाको कहरसँगै पनि यो कार्यक्रमलाई विश्वास गरेर सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्दै कलाक्षेत्रमा क्रियाशीलहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
    त्यस्तै प्रमुख अतिथि माननीय शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कला क्षेत्रमा निरन्तर क्रियाशील रहेका कलाकारहरुलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस्तो कार्यक्रमले कलाकारलाई अझ उर्जा मिल्ने बताए ।

    कार्यक्रममा सहभागी भएका कलाकारहरुमध्येबाट निर्णायकहरुले उत्कृष्ट १ घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न ६२ विधामा अवार्ड प्रदान गरिएको थियो । सोना अमात्यले सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल भइन् आभास श्रेष्ठले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड चुम्न सफल भए । आधुनिक संगीतकार विकास चौधरी भए भने आधुनिक गीतकार हरि उप्रेतीले चुम्न सफल भए । त्यस्तै उत्कृष्ट दशैं गीत गायक लोक पौडेल भ एभने उत्कृष्ट मौलिक गायिका सुनिला गुरुङले चुम्न सफल भइन् । त्यस्तै मानसराजले सर्वोत्कृष्ट पप गायकको अवार्ड चुम्न सफल भए गायिका लक्ष्मी पुरीले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड चुम्न सफल भइन् । त्यस्तै कृष्ण केसीले सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए भने सविता परियारले सर्वोत्कृष्ट गायिका लोकदोहोरीको अवार्ड चुम्न सफल भइन् । त्यसैगरी वर्षको पपुलर मोडलतर्फ रिना थापाले अवार्ड चुम्न सफल भइन् भने दर्शक स्रोताहरुले मन पराइदिनुभएको आधारमा वर्षको पब्लिक च्वाइस अवार्ड सुरेन्द्रक कुमार दाहाल (एसके दाहाल)ले चुम्न सफल भए । त्यस्तै पपुलर गायिका लोकदोहोरीतर्फ सिता केसीले अवार्ड चुमिन् भने पपुलर गायक लबकुमार भट्टले अवार्ड चुम्न सफल भए । त्यस्तै पपुलर गायिका आधुनिकमा सुजाता केसीले आवर्ड चुम्न सफल भइन् भने पपुलर गायिका तिजतर्फ कोपिला गौतमले अवार्ड चुम्न सफल भइन् । त्यस्तै सर्वोत्कृष्ट युगल गायन आधुनिकमा शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्यालले चुम्न सफल भए भने पूर्वेली युगल गायनमा मेनुका राई र युवा राईले चुम्न सफल भए ।

    अवार्डमा आधुनिक, लोकदोहोरी, पप, लोकपप, आधुनिक पप, दशैं गीत, तिज गीत र पूर्वेली गीत गरि विभिन्न ६२ विधाका स्रष्टा र सिर्जनाले अवार्ड चुमेका थिए । त्यस्तै अवार्ड कार्यक्रमको अवसरमा सौन्दर्य व्यवसाय, समाजसेवी, कलाकार, गीतकार, खेलाडी, पत्रकार लगायत २० जना समाजमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।

    अवार्ड चुम्ने विधाहरु निम्न रहेका छन् ः

    अवार्ड चुम्ने स्रष्टा तथा सिर्जना

    सर्वोत्कृष्ट गायिका (आधुनिक)
    सोना अमात्य – डाली चरी भुइँमा खस्यो

    सर्वोत्कृष्ट गायक (आधुनिक)
    आभास श्रेष्ठ – सल्लाघारीमा

    सर्वोत्कृष्ट संगीतकार (आधुनिक)
    विकास चौधरी –बाँच्न जति गाह्रो

    सर्वोत्कृष्ट गीतकार पुरुष (आधुनिक)
    हरि उप्रेती– शंकाले लंका

    सर्वोत्कृष्ट गीतकार महिला (आधुनिक)
    तारा अधिकारी – फुलेको केश

    सर्वोत्कृष्ट युगल गायन (आधुनिक)
    शिखर सन्तोष –सुष्मा पूर्णिमा अर्याल – पिरतीमा

    पपुलर गायिका अफ दि इयर (आधुनिक)
    सुजाता केसी – बाजा बजाउँदै

    पपुलर गीतकार अफ दि इयर (आधुनिक)
    प्रतिमा गुरुङ – विस्तारै विस्तारै

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (आधुनिक)
    गौतम खाती – कोरेको छु तिम्रो तस्विर

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (आधुनिक)
    सरिता श्रेष्ठ ‘सारा’ – भूल

    सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक)
    जसबहादुर याख्खा ‘जसु’ – फूलको कुरा

    पपुलर म्यूजिक भिडियो निर्देशक अफ दि इयर (आधुनिक)
    हाङ चेमजोङ – तिमी र म

    जुरी अवार्ड (गायिका आधुनिक)
    विद्या तिवारी – भोगाइ जीवन

    पपुलर म्यूजिक भिडियो मोडल अफ दिइ इयर (आधुनिक)
    प्रतिक्षा खड्का – हाँस्न मन

    जुरी अवार्ड (आधुनिक गायिका)
    मन्जु उपासना – मुटुमा चोट

    सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल (आधुनिक)
    सुजना बर्देवा – मलाई होइन तिम्लाई सुखी

    सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल
    समीर खान – मायाको बजार

    जुरी अवार्ड (आधुनिक गायक)
    सरोज कोइराला – मन मेरो केवल

    पपुलर गायक अफ दि इयर (आधुनिक)
    सुरज पौडेल – लभ

    सर्वोत्कृष्ट गायक (पप गीत)
    मानसराज – हिरो

    सर्वोत्कृष्ट गायिका (पप गीत)
    लक्ष्मी पुरी प्रधान

    सर्वोत्कृष्ट नवगायक (पप आधुनिक)
    राजकुमार देवकोटा (मोबाइलको वालपेपर)

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (पप गीत)
    राजु ग्याबक – जानी नजानी
    जुरी अवार्ड (पप गायक)
    चिरञ्जीवी भण्डारी – बदमास

    जुरी अवार्ड (पप गायिका)
    नम्रता तामाङ – नगर शंका

    सर्वोत्कृष्ट गायिका (लोक आधुनिक)
    उषा मलाहा – झापाको सुपारी

    सर्वोत्कृष्ट गायिका (पप आधुनिक)
    डा.रानी शाक्य – संसार फेर्न

    सर्वोत्कृष्ट युगल गायन (लोक आधुनिक)
    सहिमा श्रेष्ठ र विक्रम राना – मोयाले

    सर्वोत्कृष्ट पपुलर मोडल अफ दि इयर (लोक आधुनिक)
    सुजल बम – बैनी झ्यालैमा

    इन्करेजमेन्ट अवार्ड (म्यूजिक भिडियो मोडल)
    श्रद्धा भुसाल – बैनी झ्यालैमा

    सर्वोत्कृष्ट गायक (दशैं गीत)
    लोक पौडेल – घरघरमा आयो दशैं

    सर्वोत्कृष्ट गायिका (तिज गीत)
    धनकुमारी थापा सरु – जाम नाच्न जाम

    सर्वोत्कृष्ट संगीतकार (तिज गीत)
    इन्द्र बहादुर दाहाल – कोरोना भाइरसमा फसौला

    सर्वोत्कृष्ट गीतकार (तिज गीत)
    गीता अधिकारी – बजाउँदै चूरा

    पपुलर गायिका अफ दि इयर (तिज गीत)
    कोपिला गौतम – घरमै बसेर दर खाउँला

    सर्वोत्कृष्ट नव गायिका (तिज गीत)
    यमुना अर्याल – माहुरीको घार

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष (तिज गीत)
    समीर खान – दामी छ चिज

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (तिज गीत)
    अस्मिता जुरेली – दामी छ तिज

    सर्वोत्कृष्ट नव म्यूजिक भिडियो मोडल (तिज गीत)
    कुसुम दुलाल ‘सिम्रन’ – कोरोना भाइरसमा फसौला

    सर्वोत्कृष्ट गायिका (मौलिक गीत)
    सुनिला गुरुङ – उत्तरी गोरखा

    सर्वोत्कृष्ट पूर्वेली युगल गायन
    मेनुका राई र युवा राई – ढल्कियो जोवन

    सर्वोत्कृष्ट पूर्वेली लोक गायक
    केशव राई – ताप्लेजुङको पाथिभारा

    सर्वोत्कृष्ट गायिका (लोकदोहोरी)
    सविता परियार – गावै रमाइलो

    सर्वोत्कृष्ट गायक लोकदोहोरी
    कृष्ण बहादुर सुवेदी – बनपाले

    सर्वोत्कृष्ट नव गायिका (लोकदोहोरी)
    सोनु सिंह – माटो काटी चपरी

    सर्वोत्कृष्ट संगीतकार (लोक दोहोरी)
    मनोहर सुनाम– काठमाडौंमा छैन मेरो घर

    सर्वोत्कृष्ट गीतकार (लोकदोहोरी)
    भोला पौडेल – काठमाडौंमा छैन मेरो घर

    पपुलर गायिका अफ दि इयर (लोकदोहोरी)
    सिता केसी – गोधुली साँझैमा

    पपुलर गायक अफ दि इयर (लोकदोहोरी)
    लबकुमार भट्ट – बनको भलायो

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला (लोकदोहोरी)
    सोनाम गुरुङ – तिम्रो रुपैले

    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (लोकदोहोरी)
    अवतार शाक्य– आकाश रुन्छ

    पपुलर म्यूजिक भिडियो मोडल अफ दि इयर (लोकदोहोरी)
    रिना थापा मगर – हिमाल हाँसेको

    पब्लिक च्वाइस अवार्ड (लोकदोहोरी)
    एसके दाहाल – रुँदै बाटो छेकम

    सर्वोत्कृष्ट नव गायक (लोकदोहोरी)
    नवीन पौडेल – मदानी

    इन्करेजमेन्ट अवार्ड लोकदोहोरी
    प्रतिक्षा केसी, बर्दिया राम्रो

    सर्वोत्कृष्ट आर्टिष्ट अफ दि इयर
    ज्योति प्रकाश – चित्रकार

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    रुद्रसेन विश्वकर्मा – हाम्रो प्यारो नेपाल

    क्रिटिक्स अवार्ड ( राष्ट्रिय भावको संगीतकार)
    कोशिष क्षेत्री – गोर्खाली

    सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर
    निशुकान्त झा – रिवन इन्टरटेनमेन्ट


    सम्मानित हुनेहरु

    शान्तिप्रिय वरिष्ठ रंगपत्रकार
    पुरुषोत्तम बस्नेत, पत्रकार
    सोनी काररञ्जित, वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी
    रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी
    इन्ता श्रेष्ठ, फेसन डिजाइनर तथा समाजसेवी
    धनु सिंजाली, युवा व्यवसायी तथा समाजसेवी
    रोजी गुरुङ, व्यवसायी तथा समाजसेवी
    रिना अवाले, सौन्दर्यकर्मी तथा समाजसेवी
    सावित्रा चिलुवाल, गीतकार
    गोमा अधिकारी धिताल, फेसन डिजाइनर तथा मिसेस हिमालयन २०१८
    अन्जु बुढाथोकी क्षेत्री, व्यवसायी तथा समाजसेवी
    कल्पना योङहाङ लिम्बू, वरिष्ठ ढाकाविद् तथा समाजसेवी
    लबबहादुर कार्की, इभेन्ट डाइरेक्टर तथा अध्यक्ष इभेन्ट म्यानेजमेन्ट एसोसिएन अफ नेपाल
    समुन्द्र भट्ट, चलचित्र निर्देशक तथा समाजसेवी
    अनिता गुरुङ, वरिष्ठ सौन्दर्यकर्मी तथा समाजसेवी
    प्रतिक श्रेष्ठ, खेलाडी तथा समाजसेवी
    भिष्मराज फुलारा, गीतकार
    उषा गुरुङ, सौन्दर्यकर्मी तथा समाजसेवी
    दिपक डोटेल, कलाकार
    सरिता भारती, गायिका

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु