• Shanidhya Trophy
  • नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२० हुँदै, आवेदन फारम खुल्ला

    म्यूजिक खवर
    प्रकाशित: ११ श्रावण २०७७, आईतवार

    काठमाडौँ । नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२०” हुने भएको छ। कोभिड–१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ गरिने भएकोछ । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ यहिं आउँदो भदौं महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिले बताएको छ ।

    म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलिसकेको छ भने भदौं १५ गतेसम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौंसम्मका गीत संगीतहरुलाई समाबेश गरिने भएको छ भने नव प्रतिभाको हकमा २०७६ भित्र गित निकालेको हुनु पर्नेछ ।

    क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्डलाइ शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। संचारकर्मी सुर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक, गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप रआधुनिक गायक गायिका, भाषाभाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

    अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

    ‘नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुसीमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु