• नेपाली भजनमा मगरको लोकप्रियता

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार

    काठमाडौं । लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिइन्छ । सर्वसाधरण जो कोहिले गाउन, बुझ्न सक्ने भएकोले पनि यसको महत्व अझै बढि झल्किन्छ । तर, पछिल्लो समय युवा पुस्ताहरु लोक भजनबाटै टाढिदै गएका छन् । केही सिमित उमेर समुहकाले मात्र हालसम्म भजन संस्कृति धान्दै आएका छन् । लिल बहादुर मगर ‘दिनेश बलम्पाकी’ यस्तै समुहमा पर्छन् । स्व. नारायण प्रसाद पोखरेलसंग पोखरा नयाँबजार स्थित दुर्बेशनीमा लागेकाहरुको पुर्नस्थापनाको लागि आयोजित श्रीमद्भागवत महापुराणबाट सुरु भएको उहाँको भजल गायन यात्रा अहिले झण्डै दुई दशक पुग्न थालिसकेको छ । स्व. नारायण प्रसाद पोखरेलसंग उहाँले देशको बिभिन्न स्थानमा आफ्नो प्रस्तुति दिनु भएको छ । नारायण प्रसाद पोखरेलसंग भजन यात्रा सुरु गरेर वहाको देहवसान पछि पं दिनबन्धु पोखरेलसंग दुईसय भन्दा बढी महायज्ञमा भजन गायन गरेको, त्यसै गरि पं. कमलनयन गौतमसंग करिव दुईसय महायज्ञ र अरु विभिन्न कथा वाचकहरुसंग एक सय जति कथामा गायन प्रस्तुत गरिसक्नु भएको छ ।

    शुमधुरकण्ठले भजन गाउन माहिर लिल बहादुर मगरले भजन गाउन थालेपछि सबै उमेरका दर्शक श्रोता मन्त्रमुग्ध भएर श्रवणमा तल्निन हुन्छन् । बिभिन्न संस्थाको लागि आयोजना हुने यज्ञहरुमा सहभागि हुने क्रममा बिपि संग्राहलय, पश्चिमाञ्चल बिश्वबिद्यालय लगायत र हालै मानव सेवा आश्रमले असाह्यहरुको लागि आयोजित ‘भोजनको लागि भजन’ कार्यक्रममा मेची महाकाली यात्रा सम्पन्न गर्नु भएको छ । बिभिन्न स्थानमा हुने भजन गायन वा यज्ञमा उहाँको उपस्थिति अनिबार्य जस्तै हुने गर्छ, किन कि उहाँको यस क्षेत्रमा लोकप्रितासंगै माग बढ्दो छ । उहाँका दर्जन बढी रेकडेट भजनहरु बिभिन्न सञ्चार माध्यमबाट प्रसारण हुने गर्दछ भने युट्युवमा हेर्न सुन्न सकिन्छ । मौलिक कला र संस्कृति झल्कने खालका विषबस्तु समेटेर भजन गायक मगरले केही भजन संग्रह प्रकाशन गरेका छन् र केही प्रकाशनको तयारीमा रहेको उहाँले बताउनु भयो । उहाँका भजन एल्बमहरु नाचन राधा छमछम, कीर्तनामृत र पुस्तकहरुमा अध्यात्म निर्देशिका भजन पुस्तक, कीर्तनामृत पुस्तक, भजन माला पुस्तक सार्वजनिक भैसकेका छन् । बिभिन्न भजनमण्डल संस्थाहरुमा आवध्द रहनु भएका लिल बहादुर मगरलाई भक्ति गायनको क्षेत्रमा भने दिनेश बलम्पाकी नामबाट चिनिन्छ । उहाँको पछिल्लो भजन ‘राम भुलियो’ सार्वजनिक भएको छ । उहाँलाई अभिनयमा साक्षर केसी, आयुष तामाङ, प्रयुष केसी, जस्मिन शर्मा, प्रवेश केसीले साथ दिएका छन् भने निर्देशन निर्मल लामाको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु