
कृष्ण हमाल, बहराइन । बहराइनबासि नेपाली बहराइन सरकारदेखि मान्यता प्राप्त गौरवमय संस्था नेपाली क्लब बहराइनको ११ औं महाअधिवेशन हुने भएको छ । सम्बन्धी छलफल, सल्लाह, सुझाबका लागी अन्तरक्रिया तथा गत इद अल फित्रको पावन अवसरमा २१ अप्रिल, २०२३ का दिन सम्पन्न नेपाली सांगीतिक साँझ–२०२३ कार्यक्रमलाई भब्य रुपमा सफल पार्न विभिन्न बिधा र क्षेत्रबाट महत्वपूर्ण सहयोग पुर्याउनुहुने सहयोगीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रम उल्लेख मिति समय र स्थानमा आयोजना गरिएको हुँदा, बहराइनमा स्थापित र क्रियासिल सम्पूर्ण संघ–सस्था संगठनका प्रमुख र प्रतिनिधिहरु, समाजसेवी,बुद्धिजीवीबर्गहरु, सामाजिक अभियान्ता, सुभेक्छुक, शुभचिन्तक एवं सांगीतिक कार्यक्रमका प्रायोजक,ब्यापार ब्यवसायी, पत्रकार ,कलाकार, कार्यक्रम संचालक,प्राविधिक,स्वयंसेवकहरुलाई सो समारोहमा सहभागी भइ दिन हुनका लागी नेपाली क्लब बहराइनका का बा महासचिव कृष्ण खाम्चा मगरले बताएका छन् ।
तपसिल
मिती-०७/०७/२०२३
समय- दिउसो २ बजे
स्थान – नेपाली क्लब बहराइनकको सभाहल,
नेपाली क्लब बहराइनका बरिस्ठ उपाध्यक्ष दिपक गुरुङले कार्यक्रम सफल बनाउन दिन रात खट्ने सबलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।