नेपाली टोपी दिवसमा ‘मै हु ढाका टोपी यो’ सार्वजनिक ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७५, मंगलवार

काठमाडौं । आज १ जनवरी अर्थात अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । आज नेपाल सहित संसार भर रहेका नेपालीहरुले भव्यताका साथ मनाउँदै छ ।नेपाली सांगीतिक छेत्रमा टोपी सम्बन्धी धेरै गीतहरु स्थापित र नेपाली जनजिब्रोमा झुन्डिएको छ। टोपी दिवसलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ‘मै हु ढाका टोपी यो’ गीत सार्वजनिक गरेका छन। नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको गीतमा अमुल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ। गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीति एल्बममा समाबेश गीत ‘मै हु ढाका टोपी यो’ को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन ।उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

बिर्तामोड नगरपालिका )२ चारपाने, झापा निवासी गीतकार ज्ञानु राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीति एल्बम भन्दा अगाडी राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमशः ‘प्रेमेर बाउधिया’ र ‘साली तोर मुई रसिया’ गरी दुर्इ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ुबागनेर फुलुमा अभिनय समेत गरिसकेका छन। ‘मेरो प्यारो नेपाल’ एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

भिडियो

‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवस मनाइएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

 

 

संगीत तथा नाट्यको कुलपतिमा रायन, ललितकलामा कान्छाकुमार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु